बेल्टारको पहिचान बेलको मूर्ति

November 26, 2019     Paryatan Yatra

उदयपुर, ८ मंसिर । जिल्लाको चौदण्डीगढी नगरपालिका–६  बेल्टारको पुुष्पलाल चौकमा बेलको मूर्ति बनाइएको छ । मुुख्यचौकलाई व्यवस्थित गर्न र पर्यटकीय आकर्षण बढाउन प्रदेश–१ सरकारले बेलपार्कको निमाण गरेको हो ।  कुुनै बेला समथर भूभागमा बेलैबेलको जंगल भएको हुनाले यस ठाउँको नाम बेल्टार राखिएको स्थानीयको भनाइ । सोही ऐतिहासिक महत्वलाई उजागर गर्न बेलको रुखसहितको स्तम्भ बनाइएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी बनाइएको पार्कमा आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने विश्वास लिएको यस क्षेत्रका प्रदेश सांसद विमल कार्कीले वताउनु भयो ।  

सांसद कार्कीको संसदीय विकास कोषको २० लाख र स्थानीयको ५ लाख जनश्रमदानको लागतमा चौक निर्माण भएको हो । त्यसको संरक्षणमा जुुटेको चौदण्डीगढी नगरपालिकाले बेल्टारको प्रमुख आकर्षणको केन्द्र बनाउने र आर्थिक उपार्जनको भरपर्दो माध्यम बनाउने नगर प्रमुख खगेन्द्र राईले वताउनु भयो । 

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.