प्रदेश १ का तिन विमानस्थलमा उडान परीक्षण

December 4, 2019     Paryatan Yatra

विराटनगर । सीता एयरलाइन्सले प्रदेश १ का तीनवटा विमानथस्लमा परीक्षण उडान गरेको छ । मंगलवार ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुंगाको रुम्जाटार विमानस्थलमा गरीएको परीक्षण उडान सफल भएको एयरलाइन्सका म्यानेजर रिजेश थापाले बताउनु भयो ।

सिताले विराटनगर विमान स्थलवाट उडेको विमान ताप्लेजुङको सुकेटार विमानस्थल २० मिनेटमा अवतरण गरेको थियो । चालक सहित एयरलाइन्सका ८ जना कर्मचारी वोकेर विमान उडेको थियो । काठमाडौंबाट उडेको जहाज पहिला रुम्जाटार गएको थियो । काठमाडौंबाट उडेको ३६ मिनेटमा रुम्जाटार विमान स्थलमा अवतरण गरेको थियो । त्यहाँबाट १० मिनेटमा लामिडाँडा अवतरण गरेको सुकेटार विमानस्थलका प्रमुख रुपेश मुरारकाले वताउनु भयो । सिताले आगामी मंसिर २७ देखि ताप्लेजुङको पाथीभरा र खोटाङको हलेसि महादेवको गुफा सम्म प्याकेजमा उडान भर्ने तयारी गरेको छ । विराट होलिडे गु्ररुपका अध्यक्ष भविन श्रेष्ठले यो उडान २ महिना सम्म चलाउने तयारी छ । ‘एक नम्बर एयरपोर्ट भएर पनि जहाज सञ्चालन गर्न काठमाडौंको भर पर्नुर्पयो,’ श्रेष्ठले भन्नु भयो, ‘यो दुई महिनामा विराटनगरबाट आफ्नो प्रदेशभरि जहाज चल्छ भनेर प्रस्ट्याउन चाहन्छौं ।’ विराटनगरबाट जहाजमा सुकेटार र त्यसपछि माउन्टेन हेलिकप्टरले पाथीभरा र्पुयाएर फर्काउँदा एक जनाका लागि २३ हजार भाडा तोकिएको छ । सुकेटारमा माउन्टेन एयरको जहाज नियमित राख्ने योजना रहेको श्रेष्ठले बताउनु भयो । सीता एयरले एक पटकमा १५ जनासम्म यात्रु बोक्ने छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.