भ्रमण बर्षको अवसरमा भेडेटारमा खाना महोत्सव

December 24, 2019     Paryatan Yatra

धनकुटा । भ्रमण बर्षको अवसरमा धनकुटाको भेडेटारमा खाना महोत्वसव (फुड फेस्टिवल) को आयोजना हुने भएको छ ।आन्तरीक तथा बाह्यि पर्यटन प्रबद्धन गर्ने उदेश्यले पर्यटकीय स्थल भेडेटारमा अंग्रजी नयाँ वर्ष २०२० को अवसरमा आठौं खाना महोत्वसवको आयोजना गरिएको हो । महोत्सव ३ दिन सम्म चल्ने होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनु भयो । पुस १५, १६ र १७ गते हुने फेस्टिवलमा आउने पाहुनालाई बस्नको लागि भेडेटारका होटलहरुले १० प्रतिशत छुटदिने उहाँले जानकारी गराउनु भयो । स्थानीय होमस्टे लगाएतका होटल र स्टलहरुमा राई मगर, लिम्बु गुरुङ्ग, याम्फु लगाएत स्थानीय १० जातीका परंपरागत खानाका परिकार दिने तयारी गरिएको आयोजकले जनाएको छ ।

पर्यटन बर्ष २०२० को अवसरमा भेडेटारबाट सुनसरीको धरानसम्म प्याराग्याईडिङ र माउन्टेन वाईकको घोडचडि विशेष आकर्षण रहेका छन् । भेडेटारमा हुने फुडफेस्टिबल संगै पाथिभरा मन्दिर नमस्ते झरना साथै ऐतिहाँसिक साँगुरी गढि घुम्ने प्याकेज तयार गरिएको छ । तमोर नदीको मुलघाट देखि सुनसरीको चतरासम्म ¥याफ्टीङ सेवा  लगाएत आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रसम्म पुग्न प्याकेज कार्यक्रम समेत तयार गरिएको हाटल एसोयसन भेडेटारका पूर्व अध्यक्ष लिलाराज लावतीले बताउनु भयो ।

विषेश गरी भारतीय पर्यटकको आर्कषणको केन्द्रको रुपमा विकास हुँदै गरेको भेडेटारमा हुने फेस्टिबलमा पर्यटकीय आर्कषण खानाका परिकारसंगै अर्गानिक तरकारी तथा फलफुलको प्रर्दशनी, हस्तकलाका सामग्री, कृषि सामाग्री प्रर्दशनीका आकर्षण रहेका छन् । यसवर्ष ३० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्राउने योजना सहित सुरु गरिएको फेष्टिवलमा एक करोड रुपैंया बरावरको आर्थिक कारोवार गर्ने योजना रहेको अध्यक्ष रुम्दालीको भनाई रहेकोछ ।

भेडेटार क्षेत्रका साँगुरीगडी लगायत पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जेमा रहेको आत्माघर, शैलुङडाँडा भ्यूटावर, थुम्की बौद्धविहार गुम्बा, जनजाती पार्क लगायतका ठाउँसम्म पर्यटक लैजाने ३ दिने प्याकेज बनाइएको छ । भेडेटारको नाम्जेमा रहेको होमस्टेको बास संगै मगर जातीका खाना परिकार एवं हुर्रानाँच लगाएत सँस्कृतिक झाँकी संगै रम्न सकिने आयोजकले बताएका छन । यसै गरी माउण्टेन फ्लाईटको हेलिकप्टरबाट ताप्लेजुङ्गको पाथिभरा मन्दिर एवं माउण्टेन फ्लाईटको समेत व्यवस्था गरिएको छ । भेडेटारका सुविधायुक्त ६५ ओटा होटलमा चार सय कोठाहरु रहेका छन् । भेडेटार होटल एशोसिएनको मुल आयोजनामा हुने फेस्टिवलको लागि स्थानीय साँगुरीगढी गाउँपालिका, विभिन्न संघसस्था सहयोगी रहेका छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.