विराटनगर । प्रदेश राजधानी विराटनगर स्थित शहिद रंगशालामा उद्घाटन गरीने भ्रमण बर्षको तयारी पुरा भएको प्रदेश १ स्तरीय पर्यटन प्रवद्र्धन समितिले जानकारी दिएको छ ।
पुस १६ गते बुधवार दिनको १२ बजे मुख्यमन्त्री शरेधन राईले भव्य समारोह विच भ्रमण बर्षको औपचारिक उद्घाटन् गर्दै हुनु हुन्छ ।
बुधबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन मन्त्री जगदीश प्रसाद कुसियैतले उद्धघाटनका लागि सम्पूर्ण तयारी भइ सकेको जानकारी दिनु भयो ।
मन्त्री कुसियैतले छिमेकी देश भारतका तिन प्रान्तका मुख्यमन्त्री मन्त्रीलाई उद्घाटन समारोहमा ल्याउने निर्णय प्रदेश सरकारले गरेपनि प्राविधिक कारणले उहाँहरु आउन नसक्ने जानकारी दिनु भयो ।
२०२० को पहिलो दिन विराटनगर स्थित शहिद रंगशालामा दश हजार प्रदेशबासीको उपस्थितीमा भ्रमण वर्षको विषेश उद्धघाटनको तयारी रहेको मुलसमारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले बताउनु भयो ।
‘उद्धघाटन हेलिकोप्टरबाट पुष्प बृष्टि सँगै ड्रोन, हेलिकोप्टर र बेलुनबाट भ्रमण वर्षको झण्डा फहराएर गर्ने तयारी छ, सेना र प्रहरीले झण्डा, भ्रमण वर्षको लोगो आकारमा मार्चपास गर्नेछन्, प्रदेश १ चिनाउँने बृत्तचित्र र गीत पनि प्रस्तुत गरीने भएको छ ।
प्रदेश १ का १४ वटै जिल्लामा उत्पादित बस्तुको स्टल पनि राख्ने तयारी छ । यसै गरी विभिन्न जात जातिको झाँकी, साइकल÷मोटरसाइकल ¥यालीको पनि आयोजना गरिनेछ ।
जनवरी १ को मध्यान्न १२ वजे भ्रमण बर्षको औपचारिक उद्धघाटन हुने छ । भ्रमण वर्ष २०२० मा प्रदेश १ ले पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । ‘वर्षिक ५ लाख पर्यटक त ताप्लेजुङको पाथीभरा मन्दिरमानै आउँछन्,’ धार्मिक तथा सास्कृतिक व्यवस्थापन उपसमितिका संयोजक भविस श्रेष्ठले भन्नु भयो, ‘अन्य धार्मीक तथा पर्यटकिय क्षेत्रमा पर्यटकलाई तान्न अलिकति मात्रै मिहेनत गरे २० लाख पनि एक वर्षमा ल्याउन सकिन्छ, ।’
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।