पर्यटन वर्षको पहिलो साँझ भाउन्नेमा कन्सर्ट

December 27, 2019     Paryatan Yatra

विराटनगर । पर्यटन वर्ष २०२० प्रवद्र्धन तथा नयाँ वर्षको स्वागतका लागि  मोरङको बेलबारी१० स्थित भाउन्नेमा लाइभ कन्सर्टको आयोजना गरिने भएको छ ।

डाँगीहाट फुटबल क्लब बेलबारीको आयोजनाका अंग्रेजी नयाँ वर्षको पहिलो साँझ पुस १६ गते बुधबार लाइभ कन्सर्ट हुन लागेको हो । प्रस्तावित डाँगीहाट रंगशाला भाउन्नेमा हुन लागेको कार्यक्रममा निर्णय श्रेष्ठ, प्राश्ना शाक्य, सविन राईलगायतका कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम संयोजक याकुब राईले जानकारी दिनुभयो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.