धरान । सरकारले घोषणा गरेको भ्रमण वर्षको मिति नजिकि“दै जा“दा पर्यटनसम्बन्धी कार्यक्रमहरू हुने क्रम बढ्न थालेको छ । २०२० लाई सफल बनाउन भन्दै नेपाल फोटो पत्रकार महासंघ सुनसरीले प्रदेश–१ का पर्यटकीय स्थलहरूका तस्बिरहरूको प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको फोटो, सांस्कृतिक चिनारीका फोटो र पर्यटन प्रबद्र्धन हुने जुनसुकै फोटोहरू प्रदर्शनीमा राखिने नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले बताउनुभयो । अंग्रेजी नया“ वर्षको अघिल्लो दिने पूर्वकै पर्यटकीयस्थल भेडेटारमा हुने फुड फेस्टिवलमा पहिलो फोटो प्रदर्शनी गरिने भएको छ । भेडेटार फुड फेस्टिवल पुस १५, १६ र १७ गते हु“दैछ । त्यसैगरी फोटो पत्रकार महासंघले ‘धरान डे’ को अवसरमा पुस २० गते धरानमा नै फोटो प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनीमा सयभन्दा बढी फोटोहरू राखिने आयोजकले जनाएको छ । प्रदर्शनीमा राखिएका फोटोहरू बिक्रीसमेत गरिनेछ । महासंघका केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङले तस्बिर आफै बोल्ने भएकाले यो प्रदर्शनीले प्रदेश १ का पर्यटकीयस्थलहरूका बारेमा धेरै जानकारी दिन सक्ने बताउनुभयो ।
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।