शुक्रबारसम्म वर्षा र हिमपात

January 8, 2020     Paryatan Yatra

विराटनगर । पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबारदेखि देशभरकै मौसममा बदलाब आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात भएको छ । मौसमविद् गंगा नगरकोटीले मुलुकको पश्चिम भाग हुँदै मौसमी प्रणाली भित्रिएको जानकारी दिनु भयो । पूर्व क्षेत्रमा शुक्रबारदेखि मौसममा सुधार आउनेछ । शनिबारदेखि देशैभर मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
उद्यपी विराटनगर लगाएतका तराईका क्षेत्रमा बुधवार साँझ सम्मपनि बर्षा भएको छैन् । चिसोपनि धेरै बढेको छैन् । पूर्वका तेह्रथुम र संखुवासभाको सीमावार्ती क्षेत्रमा अहिलेपनि हिउँ पग्लीसेको छैन् । गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले क्षेत्रका डाँडाहरू हिउँले सेताम्मे भएका छन् । हिउँदमा पश्चिमी क्षेत्रबाट भित्रिने न्यून चापीय प्रणालीका कारण मौसममा बदलाब आउने गरेको छ । यस्तो प्रणाली हिउँदमा ५ पटकसम्म भित्रिन्छ । अहिले भित्रिएको प्रणाली दोस्रो पटक हो । उच्च हिमाली भागमा बाक्लो हिमपात भएका कारण जनजीवन प्रभावित बनेको छ । वर्षाले बाली लगाउन सहज हुने भएकाले किसान भने हर्षित छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.