महानगरमा ‘रोड ब्युटिफिकेसन’ अभियान

January 19, 2020     Paryatan Yatra

विराटनगर । विराटनगर महानगरपालिकाले ‘रोड ब्युटिफिकेसन’ अभियानको आरम्भ गरेको छ । रोटरी क्बल अफ विराटनगर र महानगरको सहकार्यमा यो अभियान थालिएको हो । यो अभियानमा नयाँ बनेका सडक छेउका पोलमा फूलसहितका गमला र फोहोर संकलन गर्ने डस्टबिन राखिएकोछ । आइतबार महानगरका मेयर भीम पराजुलीले सडक छेउमा गमला राखेर अभियानको सुरु गर्नुभएको थियो । तीनपैनी चौकदेखि ट्राफिक चौकसम्म ९० पोलमा गमला र डस्टबिन राखिएको छ । रोटरी डाउनटाउनकी अध्यक्ष अर्चना तापडियाले विराटनगरलाई सुुन्दर बनाउने अभियानमा हातेमालो गरेको बताउनुभयो । निर्माण कार्यले लामो समयसम्म अस्तव्यस्त बनेको महानगरका धेरै सडकहरू कालोपत्रे हुने क्रममा छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.