‘कोशी पर्यटन महोत्सव’ को सम्पूर्ण तयारी पुरा

January 30, 2020     Paryatan Yatra

‘कोशी पर्यटन महोत्सव’ को तयारी पुरा भएको आयोजक कोशी गाउँपालिकाले जनाएको छ । विहीवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ऐयुब अन्सारीले महोत्सवको सम्पुर्ण तयारी पुरा भएको बताउनु भयो । माघ १९ गतेदेखि २९ गते सम्म महोत्सव हुदैछ । सुनसरी, उदयपुर र सप्तरी जिल्लाको संगम स्थलमा पर्ने कोशी टप्पु वन्यजन्तु आरक्षण पश्चिम कुसाहामा महोत्सवको तयारी  गरीएको छ । ५३० प्रजातिको चराचुरुङ्गी एवंम् संसारकै एक मात्र अर्ना वन्यजन्तु यहाँ पाइन्छ ।

महोत्सवमा नेपालका अलवा भारतबाट ठूलो संख्यामा पर्यटक आउने अध्यक्ष अन्सारीले बताउनु भयो । महोत्सवका लागि विभिन्न ठाउँमा गेट निमार्ण, शौचालय, स्टल, स्वच्छ खानेपानी लगाएतका सवै आवश्यक तयारी पुरा गरीएको छ ।

महोत्सवका आक्रषणका रुपमा अर्गानिक रुपमा उम्रिएको पानीको मुहान छ । त्यस पानी फरक ठाउँमा फरक देखिन्छ । काँही बाक्लो जस्तो, काँही धमिलो भएजस्तो देखिन्छ भने संसारमा कतै पनि नदेखिएको फिसिङ क्याट यो भनेको माछा खाने बिरालो भन्छ यसलाई अर्को नाम ‘उदुत’ पनि भन्ने गरेको पाइन्छ तर त्यो माछा खाएको हेर्न चाहिँ बिहानको समयमा देख्न सकिन्छ । सप्तकोशी नदिमा जल यात्रा, हात्ती सफारी, संसारको एक मात्र अर्ना पाइने ठाउँ यही हो । यसका साथै विभिन्न जातीका झाकीँ तथा कुस्ति प्रतियोगिता पनि यस महोत्सवको बिशेषता रहेका छन् ।

स्थानीयस्तरमा स्थानीय साधन स्रोतबाट उत्पादन हुने उत्पादन, स्थानीय संस्कृति प्रवद्र्धन, स्थानीय खानाका कक्ष, स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धनमूलक सन्देश, सप्तकोशी नदीमा बोटिङ, हात्ती सफारी, आरक्ष अवलोकन र साङ्गीतिक कार्यको प्रर्दशनी गर्ने योजना रहेको अध्यक्ष अन्सारीले बताउनु भयो ।  कोशी पर्यटन महोत्सवमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.