ताप्लेजुङ । जिल्लाको पश्चिमी साँवा गाउँपालिका ४ मिक्वाखोलामा रहेको फुङफुङे झरना पछिल्लो समय गन्तव्यस्थल बन्दै गएको छ । शिरदेखि कतै नठोक्किई सिधै झर्ने र फुङफुङ आवाज आउने भएकाले झरनाको फुङ्फुङ्गे राखिएको विश्वास गरिन्छ । ताप्लेजुङ सदरमुकामबाट एक दिनको पैदल यात्रामा पुग्न सकिने यो झर्ना निकै आकर्षक छ । झरनामा पानीको फोहराका कारण नजिक जान भने सकिँदैन । अहिलेसम्म झरनाको उचाइसमेत नापिएको छैन । बाह्रै महिना पानी झरिरहने यो निकै अग्लो छ । झरनाको शिरमा संलो पोखरी भएकाले यस क्षेत्रका बासिन्दाले यहाँ पूजा आराधना पनि गर्ने गरेका छन् । झरनाको फेदमा किरा“तेश्वर महादेवको मन्दिर छ । झरना हेर्न विदेशी पर्यटकहरू पनि आउने गरेका छन् । छिमेकी जिल्ला पा“चथर, तेह्रथुमका बासिन्दा पनि यो दृश्यावलोकन गर्न आउने गरेका छन् । स्थानीय बाङ्गे शेर्पाका अनुसार यहा“ आफ्नो सन्तान सुख शान्तिका लागि भाकलसमेत गर्ने गरिएको छ । झरनालाई समेट्न गुफापोखरी–मानाभरा–पापुङ–तोप्क्यो गोला–सोदो पोखरी पर्या–पर्यटन मार्गको विस्तार गरिने भएको छ ।
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।