धार्मिकसंगै पर्यटकीय गन्तब्य बन्दै कालीखोला

February 22, 2020     Paryatan Yatra

विराटनगर । विराटचोकको कालीखोला क्षेत्र धार्मिकसंगै पर्यटकीय स्थलका रुपमा विकास भईरहेको छ । बजारको बगलमा रहेको यो क्षेत्र धार्मिक हिसाबले जति महत्वपूण छ पर्यटकीय सम्भावना पनि उतिकै बोकेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ विराटचोक दक्षिण–पूर्व चोकबाट दुई सय मिटरमा काली खोला पुगिन्छ । पैदल हिड्ने हो भने बढीमा १० मिनेट लाग्छ ।

मन्दिरको पश्चिमतर्फ नौवटा धारा छन् । यी धाराहरु ग्रहअनुसार स्थापना गरिएका छन् । धाराको उत्तर र दक्षिणतर्फ पोखरी रहेका छन् । उत्तरतर्फको पोखरीमा ढकमक्कक कमलका फुलहरु देख्न पाइन्छ । मन्दिर परिसरमा शिवालय छ । त्यसै गरी विनायक गणेशको अर्को मन्दीर छ । महाकाली भगवतीको तले मन्दीर यहाँ देख्न पाइन्छ । पहिलो तलामा कालीको मूर्ति राखिएको छ । दक्षिणतर्फ भीमसेनको मन्दिर छ । करिब चार बिघा क्षेत्रफलमा फैलिएको यो क्षेत्र बजारको सबैभन्दा नजिक र अकर्षक पर्यटकीय स्थलका रुपमा विकास भईरहेको छ । यहाँ हरेक वर्ष मंसिरे पूर्णिमामा उद्यौली र बैशाखे पूर्णिमामा उभौंलीको पूजा भव्य रुपमा गरिन्छ । २००७ सालमा यहाँ कालीका थानको स्थापना गरिएको हो ।

यसक्षेत्रको बृहत्तर विकासका लागि सुन्दरहरैंचा नगरपालिकाले डीपीर तयार गरी योजनाबद्ध रुपमा भौतिक पूर्वाधारको विकास गर्ने योजना रहेको मेयर शिवप्रसाद ढकाल बताउनु हुन्छ । यो क्षेत्र धार्मिक रुपमा सवै धर्मर संस्कृतिलाई एकै ठाउँबाट विकास गर्न सकिन्छ र हाम्रो समाजमा धार्मिक एकत अक्षुण छ भन्ने प्रमाणका रुपमा खडा रहेको बताउनु हुन्छ ।

परापूर्व कालमा यो क्षेत्रमा धना जंगल थियो । विस्तारै वस्ती बस्ने क्रम बढ्न थाल्यो । बसोबास बढेसंगै जंगली जनावरहरुले धरपालुवा जनावार मात्र हैन मानवमा समेत क्षति पु¥याउन थाले । स्थानीयले जंगली जनावरबाट बच्न यही स्थानमा देवीको थान थापेर पूजा गर्न थाले त्यसपछि जंगली जनावरको आक्रमण कम भयो । त्यही विश्वास अहिलेसम्म कायम रहेको मन्दिरका स्थानीय संरक्षक केशव अधिकारी बताउनु हुन्छ । धार्मिक विश्वाससंगै यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा समेत विकास गर्दै अघि बढेको उहाँले बताउनु भयो । मन्दिर दक्षिणतर्फको पोखरीलाई संरक्षण गरी बोटिङ समेत राख्ने योजना रहेको छ । उत्तर तर्फको पोखरीलाई धार्मिक रुपमा विकास गर्ने र ९ वाटै धारामा निरन्तर पानी झर्ने बनाइने छ । मन्दीरको उत्तर तर्फ एक हजार जना अटाउने जेसी सभा हल समेत बनेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.