भोजपुर । भोजपुरको च्याङ्ग्रेबजार भन्ने बित्तिक्कै ऐतिहासिक हाटबजार लाग्ने प्रसिद्ध ठाउँले परिचित छ । अहिले यो बजार पौवादुङमा गाउँपालिकाको मुख्य बजारको रुपमा विस्तार भएको छ । च्याङ्ग्रेबजारसँगै जोडिएर आउने नाम हो ‘च्याङ्ग्रे पोखरी’ । सिङ्गो गाउँपालिकाकै प्रमुख आकर्षण थप्ने यो पोखरी जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । पर्यटकीय सम्भावना बोकेको भोजपुरको पर्यटकीय गन्तव्य ‘च्याङ्ग्रे पोखरी’ ओझेलमा परेको छ । पूर्वी पौवादुङमा गाउँपालिकामा अवस्थित यो पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकको आगमन वृद्धि भए पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन् ।
परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामाकरण गरिएको स्थानीय कथन छ । पोखरी बनेदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा नसुक्ने स्थानीय बासिन्दा सुनाउँछन् । स्थानीय चन्द्रबहादुर खत्रीले भन्नुभयो, “यो एउटा धार्मिक महत्वको प्रसिद्ध पोखरी हो, तर प्रचार नहुँदा छायाँमा परेको छ ।”
च्याङ्ग्रे घुम्न आउने जोकोहीको गन्तव्य नै हो यो पोखरी । विश्राम गर्ने, घुम्न, डुल्ने, तस्वीर लिने, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक त्यहाँ पुग्छन् । विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुन्छ । ऐतिहासिक र धार्मिक महत्वको पोखरीको पर्यटन प्रवद्र्धन गर्नसके पर्यटन व्यवसायबाटै आर्थिक टेवा पुग्ने स्थानीयवासीको भनाइ छ । स्थानीय लीला सुनारले भन्नुभयो, “यो यस क्षेत्रको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र हो, यहाँ विभिन्न समयमा मेला लाग्छ, पोखरीमा बिहान, दिउँसो र साँझ फरक–फरक रङ देख्न सकिन्छ, यसको संरक्षण गर्न सके आर्थिक उपार्जनमा टेवा पुग्ने थियो ।”
पोखरीको प्रवद्र्धनका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन डिपिआरसहितको योजना बनाएको छ । पोखरीलाई विशेष आकर्षण दिन गाउँपालिकाले पर्खाल उठाउने, आसपासका बस्तीलाई मुआब्जा दिएर अन्यत्र सार्ने, कुलो र ढल निकास गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष सम्झना राईले भन्नुभयो, “यसको विकास तथा प्रचारमा गाउँपालिका लागिपरेको छ, बृहत्तर विकासका लागि डिपिआरअनुसार काम गर्ने तयारी भइरहेको छ, केही मात्रा संरक्षणको काम गरिसकेका छाँै ।”
त्यस्तै गाउँपालिकाको अर्को पर्यटकीयस्थल अरुण डाँडाको विकासका लागि काम भइरहेको गाउँपालिकाले जनाएको छ । त्यस स्थानको पनि डिपिआर तयार भइसकेकाले केही समयपछि काम शुरु हुने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्धरूपमा लागेका छाँै, तर स्थानीय सरकारलाई आएको बजेटबाट काम गर्न निकै समस्या छ, त्यसैले प्रदेश र केन्द्र सरकारसँग सहयोगका लागि पहल गरिरहेको छु ।”
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।