विराटनगर । प्रदेश १ मा विदेशबाट आएकाहरु विभिन्न होटलमा क्वारेन्टाइनमा बस्न थालेका छन् । विराटनगरका केही होटलमा भारतबाट फर्केकाहरु बसेका हुन् ।
होटलमा बस्न चाहनेका लागि महानगरले सामान्य गरेर पठाउन थालेको छ । प्रदेश १ होटलहरुले क्वारेन्टाइनमा बस्नेहरुबाट लागत मूल्य मात्र लिने भएका हुन् ।
‘हामीले पनि क्वारेन्टाइनको ब्यवस्था गरेका छौं,’विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भन्नुभयो, ‘तर धेरै सुविधा खोज्नेहरु आफ्नै खर्चमा होटलमा बस्न सक्नेछन् ।’
होटल व्यवसायी र महानगरबीच होटलमा लागत मूल्यमा क्वारेन्टाइनमा बस्न चाहनेलाई सुविधा दिने विषयमा सहमति भएको हो ।
यसरी क्वारेन्टाइनमा बस्नेहरुलाई थ्री स्टार तहका होटलहरुले प्रतिव्यक्ति खाना, खाजा र कोठाकोसमेत गरी ३ देखि ४ हजार रुपैयाँ प्रतिदिन र पर्यटक बस्न योग्य होटलहरुले १ हजार ७ सयदेखि २ हजारसम्म लिने भएका छन् ।
विराटनगरमा ८० भन्दा बढी होटलहरुमा क्वारेन्टाइन सहितको सेवा दिन व्यवसायी तयार भएका छन् । ‘विराटनगरका मात्र होइन, आवश्यक परे प्रदेश १ का सबै होटलहरु क्वारेन्टाइन बनाउन तयार छौं,’होटल ब्यवसायी महासंघ प्रदेशका कार्यबाहक अध्यक्ष भविश श्रेष्ठले भन्नुभयो, ‘प्रदेशमा रहेका ५ सय होटल पर्यटक बस्न योग्य छन् ।’
विदेशवाट आउनेहरुको संख्या दिनहुँ बढिरहेको छ । यस्तो अवस्थामा होटलहरुले लागत मूल्यमा क्वारेन्टाइन बनाउने भएपछि केही सहज हुने भएको छ ।
‘यस्तो बेलामा हामी लागत मुल्यमा क्वारेन्टाइनमा बस्न चाहनेहरुलाई सेवा दिन तयार छौं’होटल संघ नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठले भन्नुभयो, ‘सरकारले तोकेको मापदण्ड पूरा गरेर होटलहरुलाई क्वारेन्टाइन बनाइने छ ।’
प्रदेश १ मा यसरी क्वारेन्टाइनमा बस्ने चाहने १ हजारभन्दा बढीलाई पर्यटक बस्ने सुविधा भएका होटलमा अटाउन सकिन्छ । होटलमा काम गर्नेहरुलाई सुरक्षित रहेर खाना तयार गर्ने र तालिम दिने विषयमा थप छलफल र गृहकार्य भइरहेको महानगरले जनाएको छ । महानगरले अहिले विराटनगरका अतिथि सेवा सदन, कालीमन्दिरको अतिथि सदन र वैजनाथपुरमा रहेको स्वास्थ्य केन्द्रलाई क्वारेन्टाइन बनाएको छ ।
महानगरको क्वारेन्टाइनमा १ सय २५ जना बसिरहेका छन् । उनीहरुलाई खाने बस्नेको व्यवस्था महानगरले गरेको छ । लामो समयसम्म लकडाउन जारी रहेकाले सबैभन्दा बढी मार पर्यटन ब्यवसायमा परेको छ । त्यसमा पनि होटलहरु बढी प्रभावित छन् । ‘बजार केही खुकुलो भएको छ, अन्य धेरै आफ्ना पेसा व्यवसायी र उद्योग धन्दामा फर्केका छन्,’प्रदेशका कार्यबाहक अध्यक्ष भविश श्रेष्ठले भन्नुभयो, ‘अब होटलहरुलाई पनि सरकारले मापदण्ड बनाएर केही खुकुलो गर्नु पर्छ ।’
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।