लेटाङ । लेटाङ बजारबाट नजिकै रहेको रमणीय झरना हो– देउजे । यो झरना लेटाङ बजारबाट ४ किलोमिटर दूरीमा छ । पहाडको फेदीमा लमतन्न सुतेको लेटाङ बजारको बीचबाट उत्तरतर्फ रहेको फराकिलो सडक हुँदै २ किलोमिटर अघि बढ्दा थुम्कोमाथिको रमणीय गुवाबारी पुगिन्छ । गुवाबारीवाट थोरै अघि बढेपछि पश्चिमतर्फ लाग्ने कच्ची सडक आउँछ । यात्रालाई यही कच्ची सडकतर्फ मोड्नुपर्छ । यात्रा अघि बढ्दै गएपछि कन्चन पानी बग्ने खोला आउन थाल्छन् । माथितिर पहाडका बीचबाट बगेका साना तर सुन्दर खोला तर्दै अघि बढ्नु पर्छ । अलि पर गएपछि देउजे खोला आउँछ । यहाँ बग्ने अरु खोलाभन्दा यो अलि ठूलो छ । त्यहाँबाट अझ अघि बढेपछि सडकको दाहिनेतर्फ एउटा मनमोहक झरना देख्न पाइन्छ । त्यही हो– देउजे झरना । यसलाई कसैले निगुरे भन्छन् त कसैले राते । करिब ३० मिटर माथिवाट छङछङ पानी खसिरहेको दृश्यले यहाँ पुग्ने जोकोहीलाई मोहित बनाउँछ । हिउँदको समयमा झरनामा पानी अलि कम हुन्छ । देउजे झरना हुँदै अघि बढेको सडक धनकुटाको ६ नम्बर बुधबारे निस्कन्छ । घना जंगल रहेकाले यहाँ केही खानेकुरा पाइँदैन । बर्षाको समयमा यात्रा पनि अरुबेला जस्तो सहज हुँदैन । मोटरसाइकल भने सहजै पुग्छन् । देउजे झरनाको सौन्दर्यमा रमाएपछि खाजा खान गुवाबारी पुग्नु पर्छ । त्यहाँ व्यवस्थित होटलहरु ग्राहकको पर्खाइमा हुन्छन् । लेटाङ बजारको शिरैमा रहेको यो गुवाबारी भिडभाडवाट आफूलाई टाढा राख्ने र मौलिक खानेकुराको स्वाद लिन चाहनेहरुको मुख्य गन्तव्यका रुपमा स्थापित भइरहेको छ ।
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।