आन्तरिक पर्यटक तान्दै इलामको श्रीअन्तु

February 7, 2021     Paryatan Yatra

विराटनगर  रेशमैको पछ्यौरी अल्झेछ जंगली काँडैमा,
झुल्के घाम हेर्न कान्छी जाउँ अन्तु डाँडैमा

हो, यो गीतले भने जस्तै झुल्के घाम हेर्न श्रीअन्तुमा यतिबेला पर्यटकको ओइरो नै लाग्ने गरेको कोरोना कहरका कारण लामो समयपछि पुनर्जीवित भएको पर्यटन क्षेत्र श्रीअन्तुमा यतिबेला आन्तरिक पर्यटकहरुको आगमनमा वृद्धि भएको बिहानबिहानै खुलेको आकाससँगै अन्तु डाँडाबाट देखिने सूर्याेदयको मनमोेहक दृश्यले जोकसैलाई लोभ्याउँछ

दैनिक सयौंको संख्यामा पर्यटकहरुको आवागमन भएसँगै आसपासका क्षेत्रमासमेत व्यापार व्यवसायले क्रमशः गति लिन थालेको कोरोना कहरका कारण ठप्प बनेको व्यापार व्यवसाय बिस्तारै गति लिँदैछस्थानीय व्यवसायी दिपेन पुलामीले भन्नुभयो, ‘लामो समयदेखि बन्द भएको पर्यटन व्यवसाय भर्खरै जुरमुराउँदै , दैनिक सय बढी पर्यटक आउँछन्

यहाँबाट सजिलै देख्न सकिने उत्तरी हिमश्रृङ्खलाले गर्दा पनि अन्तु पछिल्लो समय पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गइरहेको यहाँको अन्तु पोखरी, मनमोहक हरियाली, चियाबारीका डाँडाकाँडा, कोणधारी धुपीसल्ला सिजन अनुसारका फलफूल तथा अन्नबाली पनि अन्तुमा पर्यटक आकर्षणका कारक हुन्

पछिल्लो समय अन्तुमा युगल जोडीहरु थुम्काथुम्कामा लहलह भएका चियाबारी घुम्ने, चियामै रमाउने चियाका बोटमा सयौं सेल्फी खिच्नेको ओइरो नै लाग्ने गरेको क्षणभरमै मौसम परिवर्तन हुने ईलाममा गर्मी महिनामासमेत हुस्सु कुहिरो लाग्छ लुकामारी खेल्दै क्षणभरमै परिवर्तन हुने मौसमले पनि पर्यटकलाई सजिलै लोभ्याउने गर्छ

अन्तुमा पर्यटकहरुको उचित बसोबासका लागि घरघरमा होमस्टेको विकास भएको ग्रामीण पर्यटनको अभ्यास गरिरहेको अन्तुका बासिन्दा एक दशकभन्दा बढी समयदेखि स्वदेशी विदेशी पर्यटक भित्रयाउन कस्सिएर लागेको पर्यटन व्यावसायी धरणी घिमिरेको भनाई समुन्द्र सतहदेखि करिब हजार मिटरको उचाईमा रहेको अन्तुलाई स्थानीयको सक्रियतामा सरकारको उचित सहयोग प्राकृतिक स्रोत साधनको समुचित उपयोगले थप आकर्षक देखाउन खोजिएको खण्डमा यस क्षेत्रले थप उचाई पाउने निश्चित । साभारः हाम्रोमत दैनिक

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.