पर्यटकीय केन्द्र बन्दै बर्जुको दैता पोखरी

March 18, 2021     Paryatan Yatra

विराटनगर । विराटनगरको बरगाछीबाट पश्चिम तर्फको सडकमा १० किलोमीटर यात्रा गरेपछि सुनसरी जिल्लाको वर्जु गाउँपालिकामा रहेको महत्वपूर्ण पर्यटकीय बजार चिमडी पुगिन्छ ।

चिमडी चोकबाट उत्तरतर्फ लागेपछि अलि माथि वडा नम्बर ६ को कार्यालय आउँछ । त्यहाँबाट उत्तर तर्फको कच्ची सडकको यात्रा गर्ने हो भने करिब ३ किलोमिटर पार गरेपछि ऐतिहासिक दैता पोखरी पुगिन्छ ।

दैता पोखरीका नाममा यहाँ ४ विगा जग्गा छ । त्यसमध्ये १७ कट्ठामा फैलिएको एउटा पोखरी छ । किम्वदन्ती अनुसार तेत्रा युगमा एकउटी परीसँग दैत्य राक्षसले बिवाह गर्ने प्रस्ताव ग¥यो । परीले एक रातमा हिमालबाट बाटो खनेर समुन्द्रसम्म पु¥याउन सक्ने भए प्रस्ताव स्वीकार गर्ने बताइन्। राक्षसले उक्त प्रस्ताव स्वीकार गर्दै बाटो खन्न थाल्यो । यही बाटो खन्ने क्रममा राक्षसले पानी खानका लागि यो पोखरी बनाएको विश्वास गरिन्छ ।

पोखरीको पशि्चमतर्फ हिमालदेखि समुन्द्र सतहसम्म जोडिने भनिएको बाटो यति बेला सडकका रुपमा प्रयोग भइरहेको छ । राक्षसले एक रातमै हिमालवाट समुन्द्र सम्म बाटो खनेर पुरा गर्न लागेको देखेर इन्द्रले जाल गरी समुन्द्रमा पु¥याउन नपाइकन उज्यालो पारेको किमदन्ती सुन्न पाइन्छ ।

पोखरीको उत्तरतर्फ थारु जातिका कुल देवता ग्राम देवाताको थान छ । पूर्व तर्फको खाली जमिनमा वाटर पार्क निर्माणाधीन छ । यहाँ बनभोजका लागि जानेहरुको घुइँचो लाग्ने गरेको छ । यहाँ जान सार्वजनिक यातायातका साधनका अनि निजी तथा भाडाका सवारी साधनको प्रयोग गर्न सकिन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.