धार्मिक पर्यटकीयस्थल रामजानकी कुटी

April 20, 2021     Paryatan Yatra

विराटनगर । बर्जु यात्रामा अर्को पुग्नै पर्ने धार्मिक पर्यटकीयस्थल हो– रामजानकी कुटी । वडा नम्बर ३ मा रहेको यो कुटी गुरुङ टोलमा छ ।

यहाँ जान भट्टी मोडबाट विराटनगर बजारलाई छोड्दै अघि बढेपछि केसलिया खोलाको पुल तरिन्छ । त्यसपछि करिब ३ किलोमिटर अघि बढ्दा भीमपुर आउँछ । त्यही सडकमा भीमपुर पेट्रोल पम्प छ । पेट्रोल पम्पबाट करिब २ किलोमिटर दक्षिण ग्राभेल सडकको यात्रा गरेपछि गुरुङ टोल पुगिन्छ ।

यही टोलमा रामजानकी कुटी छ । महाभारत कालमा राजा विराटलाई भेट्न भीम, अर्जुन सहित पाण्डव परिवार यही कुटीमा बास वसेको किम्वदन्ती छ । कुटीका नाममा अढाइ बिगा जमिन समेत छ । यहाँ रामजानकीको मन्दिरको पूर्वतर्फ पोखरी छ ।

जंगलका बीचमा रहेको कुटीमा पुग्ने जोकोहीको मन हर्षले फुरुङ्ग हुन्छ । आसपासको प्राकृतिक सुन्दरताले पनि मन तान्छ । मन्दिरमा बिवाह पञ्चमी र रामनवमीमा विशेष पूजा हुने गर्छ । कुटीमा महन्तहरु बस्ने गर्छन् । यो कुटीमा नेपालबाहेक भारतका विभिन्न प्रान्तवाट समेत महन्तहरु आउने गर्छन् । यहाँ जानका लागि पनि निजी तथा भाडाका सवारीसाधन प्रयोग गर्नु पर्ने हुन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.