विराटनगरको झीपुचः मा सामूहिक बेल विवाह

February 9, 2022     Paryatan Yatra

विराटनगर । नेपालभाषा सांस्कृतिक संघ झीपुचः को आयोजनामा विराटनगरमा नेवार कन्याहरुको सामुहिक इही अर्थात बेलविवाह सम्पन्न भएको छ । बेलविवाहमा २२ जना नेवार कन्याहरु सहभागि थिए ।
विराटनगरको बगलामुखीमन्दिर परिसरमा एकैसाथ २२ जना नेवार बालिकाहरुको इही अर्थात बेलविवाह सम्पन्नभएको झीपुच ः अध्यक्ष हरिबहादुर श्रेष्ठले बताउनु भयो । समुदायभित्रकै पुरोहितले परम्परागत सांस्कृति र विधिअनुसार बालिकाहरुको इही सम्पन्नगराएको हो ।
नेवारी समुदायमा बालिकाहरुको बेल विवाह गरिदिने प्रचलन छ । परम्परा धान्नकालागि मात्र नभएर यसको आफ्नै विशेष महत्व छ ।

तीनबर्षदेखि माथि एघार बर्ष सम्मका बालिकाहरुको बेल विवाहगरिदिने प्रचलन छ । नेवार कन्याहरूको रजस्वलाहुनु अघिनै बेलसंग विवाह भइसक्नु पर्ने धार्मिक परम्परा छ । छोरीको बेलविवाह र छोराको व्रतबन्ध अनिवार्य गर्नैपर्ने नेवार समुदायको मान्यता छ । बेल जडीबुटीमध्ये श्रेष्ठ प्रजाति हो । बेलविवाहमा बेललाई स्वर्णकुमार मानेर बालिकाको विवाह गराई दिनुलाई अगाध प्रकृतिप्रेमको रूपमालिन सकिन्छ । विवाह सकिएपछि भने बालिकाहरुलाई ८४ व्यन्जन सहितको नेवारी परिकार थ्याबु ख्वाउने प्रचलन छ ।
बेलविवाह, इहीपछि कन्याहरूले अन्य विवाहित महिला सरह पहिरन तथा शृङगार गर्न सक्छन् । इही गरेका चेलीहरू कहिल्यै पनि विधवा हुदैनन् भन्ने विश्वास र मान्यता समुदायमा पाइन्छ । व्यक्तिगतरुपमा बेलविवाह सम्पन्नगर्दा धेरै फजुल खर्च हुने भएपछि न्यूनिकरण गर्ने उद्धेश्यले पछिल्लो केहीदसकयता सामूहिक वेलविवाहको प्रचलन बढदो रहेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.