पर्यटकको नयाँ गन्तब्य बन्दै गरेको देखिन्छ, नाम्जे

July 30, 2023     Paryatan Yatra

डेभिड घिमिरे

साउन १३ गते बिहान १० बजे नाम्जे जाने योजना बन्यो | विराटनगर बाट इटहरी धरान हुदै भेडेटार बाट पूर्व तर्फ लागेर करिब आधा  घण्टा सवारीसाधनको यात्रामा नाम्जे पुग्न सकिन्छ | विराटनगर बाट नाम्जे पुग्न साठी देखि सत्तरी किलोमीटर रहेको छ|

पहाडी भेगको बाटो भएकाले यो यात्रा तय गर्न करिब दुई देखि आडाइ घण्टा लाग्ने गर्दछ | नाम्जे आन्तरिक तथा बाहिरी पर्यटकहरुको लागि एकदमै उचित गन्तव्य बनेको छ | तराईमा गर्मी बडे सगै यताको माहोल अलि भीडभाड देखिन्छ |

हप्ताको अन्तिम दिन शनिबार पारी हामी दुई जना को योजना बने सगै हामी बिहान १० बजे विराटनगरबाट निस्क्यौ |   थोरै खर्चमा नै  पुगेर आउन सकिने, नजिक पनि भएकाले अगाडी देखिनै  सल्ला भएकाले  हामी नाम्जे तर्फ लाग्यौ|

  विराटनगर बाट तरारा सम्म बाटो पीच रहेको हुदा यात्राको क्र्ममा तेस्तो केहि असहज भएन|  तरारा बाट सेउती  नदि सम्म को बाटो भने पीच बिग्रएको भएकाले धेरै समस्या आइ पर्यो|  जसोतसो हामी सेउती नदि तर्यौ र आनन्द संग भेडेटार आइ पुगिम |  हामी भेडेटार पुग्दा एक घण्टा बिती सकेछ|  अब नाम्जे जान भेडेटार बाट पूर्व पटि को कच्ची बाटो जानु पर्छ|  हामी पीच बाटो सकेर कच्ची बाटो उकालो तर्फ अगाडी बड्दै गयौ |  

हामि दुवै जना नाम्जे पहिलो पटक जादै थियौ | नाम्जे पुग्ने बाटोको जानकारी नभएकाला बाटो सोद्दै खोज्दै अगाडी बढ्दै गयौ|  केहि बेरको उकालो यात्रा पछी हामी नाम्जे बजार पुगौं |  नाम्जे पुगेसगै त्यहाँबाट केहि माथि खोक्रेमा रहेको भियुटावरको जानकारी पाईयो|    त्यसपछि हामी खोक्रे तर्फ लाग्यौ |    केहिबेर उकालो लागे सगै हामी खोक्रे पुग्यौ |   फेदीमा बाइक राखेर अब हिड्दै जानु पर्ने रहेछ |  भियुटावर जाने उकालो बाटो मजाको रहेछ |  यहाँ बाट लग्बग आधा घण्टा लाग्ने रैछ |   ढुंगाले निर्मित सिडी रहेछन |

  एकदमै सुनसान जंगलको बीच मा रहेको बाटो हुदै हामी भियुटावर पुग्यौ |   भियुटावर फलाम निर्मित ३ तला को रहेछ , भियुटावर नजिकै एउटा केहि वर्ष आगाडी बन्द भएको रेडियो स्टेशन रहेछ|   हामी भियुटावर माथि चडेर दृश्य अवलोकन गर्न थाल्यौ |

  भियुटावरमा पर्यटकको भिड लागेको थियो |   केहि बेर त्यहाँ बसेर हामी फर्क्यौ |   फर्किने क्रममा भेडेटार आइपुग्ने बितिकै पानि पर्न थाल्यो |   केहि बेर भेडेटारमै बसेर खाजा खायौ |  भेडेटारमा झाकी प्रदर्सन भइ रहेको थियो | यति बेर सम्म ३ बजी सकेछ |  भेडेटारमा भएको हरियो साग सब्जी र मिठा मिठा खानेकुराहरुले मन लोव्याउने गर्दछ | साग सब्जी र मिस्टान्न खानेकुराहरुको किनमेल गरियो | यस पश्चात हामी धरान झरियो र यो यात्रा लाई यहि बिट मारियो |

 

पर्यटकीय र ऐतिहासिक महत्व बोकेको नाम्जे त्यसै गरि खोक्रे मलाई निक्कैनै मन पर्यो | यो शनिबार एकदमै विषेष रह्यो |

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.