धार्मिक गन्तब्य पाथीभरा

September 12, 2019     Paryatan Yatra

किपा शेर्पा
ताप्लेजुङ – फुङलिङ नगरपालिका– ७ दोखुका घनश्याम सुनुवारको वार्षिक योजनाभित्र पर्छ पाथीभरा दर्शन । पेशाले किसान उनी वर्षमा एक पटक पाथीभरा मन्दिर पुग्छन, देवीको दर्शन गछर्न र फर्कन्छन । यो नियमितता उनी आफूले बनाएका भने होइनन् । उनका पिता चित्रबहादुर सुनुवारले बनाएका हुन । घनश्याम सानो हु“दा बुबास“ग टुकुर टुकुर हिंडेर जान्थे । ठूलो हु“दै गएपछि ओढ्ने ओछ्याउने, खानेकुरा उनी आफुलेपनि बोक्नुपथ्र्यो । वर्षमा एक पटक घनश्यामको पूरै परिवार पाथीभरा जान्थे । देवीलाई चढाउनकालागि बोका, परेवा लैजान्थे । तमोर, कावेली जस्ता नदीनालाको पूजा गर्न कुखुरा लैजान्थे । दुई दिनमा पुगेर फर्किने भएपनि उनीहरुको परिवार तीनदिने योजनामा हिड्थे । घरबाट बिहान खाना खाएर हिड्थे र काफ्लेपार्टीमा पुगेर बस्थे । त्यहा“का डा“डा“मा बसेर तमोर, कावेली नदीतिर फर्किएर खोलो पूजा गर्थे । आफ्ना कुल देवतालाइपनि त्यहींबाट मनाउ“थे । त्यसकालागि कुखुरा काटेर चढाउ“थे । बेलुका मासुभात पकाएर खान्थे र धर्मशालामा सुत्थे । भोलिपल्ट बिहानै त्यहा“बाट उकालो चढ्थे । ३१ सय मिटरमा रहेको कान्छीथानदेखि देवीको पूजा सुरु गर्थे । त्यो दिन ३७ सय ९४ मिटर उचाइको पाथीभरामा पूजा गरेपछि फर्कन सुरु गर्थे । दोस्रो दिनको बास काफ्लेपार्टी या भालुगौंडेमा हुन्थ्यो । तेस्रो दिन घर फर्कन्थे र काममा लाग्थे ।
पहिला घरपरिवारका सबै सदस्यस“गै हु“दा घर रुघ्ने मान्छे राखेर परिवारै गएपनि अहिले घनश्यामको वार्षिक योजनामा केही फरक छ । समयस“गै परिवारहरु टुक्रिदैं गएकाले उनी एक्लो छन । माता, पिता, श्रीमती परलोक भए । जेठो छोरो भारतीय सेनामा छन । कान्छो वैदेसिक रोजगारिकालागि मलेसियामा । दुई छोरीहरु आ–आफ्नै घर गरिखा“दै छन । चार सन्तानका पिता एक्लिएपनि पाथीभरा जाने क्रम रोकिएको छैन । उनको शैलीमा योपनि बदलिएको छ पहिला जस्तो बोका, परेवा, कुखुरा अनिवार्य छैन । अधिकांश वर्ष माताकालागि फुलपाती मात्रै लिएर जान थालेका छन । काटमार गर्ने प्रथा हराउ“दै गएकाले फुलपाती मात्रै लिएर जान थालेको घनश्यामले बताए । पाथी झैं चुलिएकाले पाथीभरा नामाकरण गरिएको मन्दिरमा घनश्याम जस्ता तीन लाखसम्म तिर्थयात्री आउन थालेका छन । माथिल्लो फेदी अस्थायी प्रहरी चौकिको तथ्यांक अनुसार एकै दिन १३ हजारसम्म तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन ।


मुलुकका हरेकजसो सरकार र राष्ट्र प्रमुख जाने पाथीभरामा बिभागीय मन्त्रीहरु अनिबार्य पुग्ने गरेका छन । हरेकजसो सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिंडेरै मन्दीरमा पूजाकालागि जान्छन । वर्तमान राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु पाथीभरा दर्शनकालागि गएका छन । पूर्व मन्त्रीहरु पुष्पकमल दाहाल (प्रचण्ड), सुशील कोइराला, शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला लगायका प्रधानमन्त्रीहरु पुगेका छन । ७७ जिल्लाको नेपालका शायदै जिल्लाका नागरिक होलान जो पाथीभरा दर्शनकालागि आएका छैनन् । भारतको सिक्किम, मणीपुर, आसामबाट ठूलो संख्यामा दर्शनार्थी पाथीभरा आउने गरेका छन ।
उत्तर दिशातर्फ विश्वको तेश्रो अग्लो (८,५८४ मिटर) हिमाल कञ्चनजंघा । स“गै कुम खसेको जस्तो देखिने ७ हजार मिटरको कुम्भकर्ण हिमाल । जसलाई लिम्बू भाषामा फक्ताङलुङपनि भनिन्छ । पश्चिम दिशामा सुन्दर फक्ताङलुङ गाउ“पालिका, पूर्व दक्षिणमा सदरमुकाम फुङलिङ र तेह्थुम पा“चथरको क्षेत्र । खुला आकासमुनी रहेको पाथीभरा क्षेत्र धार्मिक दृष्टिले जति महत्वपूर्ण छ प्राकृतिक सुन्दरता र मनोरमको दृष्टिलेपनि त्यत्तिकै महत्वपूर्ण छ । त्यसैले ३ हजार ७ सय ९४ मिटर उचाइको यो क्षेत्रमा अहिले मानवीय ता“ती लाग्न थालेको छ । पाथीभराको यो विवरण तयार पारिरह“दा २०७६ भाद्र २५ गते स्याङजा जिल्लाबाट आएका १ सय २१ महिलाहरु पाथीभरा मन्दिरमा पूजा गरिरहेका थिए । तीनवटा बसमा आएका उनीहरु भदौ २४ गते माथिल्लो फेदीमा बसेर २५ गते विहान दर्शनकालागि पुगेका हुन ।


पाथीभरा उत्पत्तिको एकमात्र किंवदन्ति रहेको छ । यो पहिला घना जंगल र चरन क्षेत्र थियो । अहिलेपनि पशुचौपाय लगेर यहा“ छोडिन्छ । यहां भेडाका अधिक गोठ हुन्थे । एकजना गोठालाको भेडा एक पटक अकस्मात हरायो । उनी गुरुङ थरका रहेको किंवदन्ती छ । धेरै समय खोज्दापनि उनले आफ्नो भेडा पाउन सकेनन । बथानका सबै भेडा हराएपछि लखतरान भएर सुतेका उनले सपनामा देवीको दर्शन पाए । आफू देवी भएको र आफ्नो पूजा आरधना गरे भेडा छोडिदिने आश्वासन पाएपछि भेडा भेट्न हतारिएका उनले सपनामा देखे अनुसारको पूजा विधि गरे । नभन्दै एउटै ओडारवाट भेडाहरु ह्वारह्वारती बाहिर निस्किए । त्यसपछि यहा पूजा विधि सुरु भयो । यसरी भेडा निस्किएको ओढार भने अहिले पूजागर्ने स्थलभन्दा केही तल रहेको छ । तर अप्ठेरो भिरमा भएकाले जोकोही जान सक्तैन र जानकालागि प्रोत्साहितपनि गरिदैन ।
मन्दिरको आश्चर्यचकित कुरा भनेकोचा“हि जतिसुकै बोकापाठा काटेपनि खुन जम्दैन र जमिन रातो हु“दैन । अहिले बलीप्रथा केही कम भएको छ । पहिला अधिक थियो । दिनहुं सयौं बोकापाठा काटिन्थ्यो । बलि चढाउन नजानेहरु कमै हुन्थे । अहिले त्योप्रथा क्रमश कम हु“दै गएको छ । अहिले पाथीले भरिएको डा“डा“मा सिक्का पैसा पाथीमा भरेर चढाउने क्रम बढेको छ । अन्नले भरिएको जस्तो डा“डो देखिने भएकाले यहाको नामपनि पाथीभरा राखिएको विश्वास गरिन्छ । बोली नआएकाहरुको बोलि फुटेको, सन्तान तथा पुत्र लाभ भएको, व्यवसाय प्रवद्र्धनमा सहयोग पुगेको जस्ता बिश्वास पाथीभरा जाने तिर्थयात्रीलाइ भएको छ ।
यहा देवीका मूर्तिलगायतको संरचना रहेको छ । रातो पहिरनले ढाकिएकी देवीको अग्लो मूर्ति । खड्ग, त्रिशुल, विणा र अन्य हतियार हातमा भएकी देवी । सिंहमा चढेकी देवीको मूर्ति पछि राखिएको हो । यो टाढैबाट देख्न सकिन्छ । यसको बाया“पट्टिको कुनामा अखण्ड बत्ती राखिएको छ । जुन २४ सैं घण्टा बलिरहन्छ । देवीको उत्पत्तिहु“दाका बखत भने सानो मूर्ति थियो । यो अहिलेसम्मपनि छ । जहां देवीको वास्तविक रुप सहजै नियाल्न सकिन्छ । यस्लाइ शिलापनि भनिन्छ । खुला चौरको बीचमा प्राकृतिक रुपमा रहेकी देवीको दर्शनकालागि वार्षिक तीन लाखको हाराहारिमा तीर्थयात्री जान्छन । वास्तवमा धर्म प्राप्तिकालागि गएका हुन उनीहरु । तर धर्म प्राप्तिस“गै प्रकृतिको मनोरम दृष्यमा पनि रमाउ“छन ।
मन्दिर पुग्नुअघि बाटामा लहरै घण्टिहरु झुण्ड्याइएका छन । पाथीभरा मन्दीरको प्रवेशद्वाराबाट सुरु हुन्छ दुईतिर घण्टिस“गैको मार्ग । दाया“बाया“ दुबैतिरका घण्टी बजाउ“दै मन्दिरमा प्रबेश गछर्न तिर्थयात्री । यसैको माथिल्लोपट्टि किरा“त समुदायको माङहिङ बनाइएको छ । यहां पूजा आराधनाकालागि किरा“त धर्मावलम्वीहरु जाने गरेका छन । मन्दिर हातामा बौद्ध मन्त्र लेखिएका झण्डाहरु फरफराइ रहन्छन । यहां पुग्दा यस्तो अनुभुती हुन्छ यो सबै धर्मावलम्विहरुको संगमस्थल हो ।
मन्दिरको दोश्रँे प्रबेशद्धारमा पुगेपछि पूजा स्थलमा प्रबेश गरिन्छ । सबैभन्दा अग्रभागमा गणेशको मूर्ति छ । पूजाविधि यहिंबाट सुरु हुन्छ । यस्को बाया“तिर महादेवको मूर्ति छ । उनको पहिचान गराउने नागनन्दी जस्ता आकृति पनि छन यहा । यसको अगाडिपट्टि हवन कुण्ड भवन छ । भवनभित्र बसेर हवन गर्न सक्ने ब्यवस्था मिलाइएको छ । पाथीभराको उत्पत्तिदेखि नै यहां भक्तालुले घण्ट, त्रिशुल चढाएका छन । अहिलेसम्मपनि त्यो क्रम जारी छ । त्यसलाइ मन्दिर परिसरको ठाउ“ठाउ“मा झुण्ड्याइएको छ । मन्दिर परिसर पुग्ने जोकोहिकालागि यो निकै आकर्षक बन्छ । यहा बाती बाल्नेकालागि छुट्टै ब्यवस्था गरिएको छ । पाथीभरामा पछिल्ला दिन लाख बत्ति बाल्नेहरुको संख्या बड्दै गएकाले छुट्टै ब्यवस्था मिलाइएको छ । बाती मन्दिरभित्र बालेर राख्न पाइदैन ।
मन्दिर परिसर बाहिर नजिकै एउटा धर्मशाला छ । यहा सामग्रीहरु राखिन्छ । पूजारीहरु बस्नका लागि भने करिव पा“च सय मिटर पूर्वतिर धर्मशाला छन । तीर्थयात्रीका लागि प्रवेशद्वारको बाहिर ८ वटा धर्मशाला छन् । यहा“ बस्ने सुविधा छ । बस्नेलाइ कम्वल, मेट्रेस लगायतका ओढ्ने ओछ्याउने सामग्री यहांका पूजारी तथा कर्मचारीले दिन्छन । यहा“ खाने सुविधा भने छैन । खानेकुरा तिर्थयात्री स्वयंले बोकेरै लानुपर्ने हुन्छ । धेरै भिंडभाड नभएको र भ्याएको अवस्थामा पूजारी र मन्दिरका कर्मचारीले तातोपानी चिया तीर्थयात्रीलाइ उपलब्ध गराउ“छन । तर भिडभाडको अवस्थामा भने त्यो सम्भव हु“दैन ।
पाथीभरा पुग्नकालागि सदरमुकाम फुङलिङ भएर जानुपर्छ । सदरमुकामदेखि सुकेटार विमानस्थलको दुरी ८ किलोमिटर छ । यो कालोपत्रे सडक हो । यहां साना सवारी साधन चल्छन । सुकेटारदेखि काफ्लेपाटीसम्म कच्ची सडक छ । यस्को दूरी १२ किलोमिटर छ । मोटरबाटो यहासम्म मात्रै पुगेको छ । यहां पहिला प्रजापति काफ्लेले पाटी (धर्मशाला) बनाएका थिए । काफ्लेले पाटी बनाएकै कारण यहांको नाम काफ्लेपाटी रहन गयो । सदरमुकामदेखि काफ्लेपार्टी सम्मकै सडक सानो भएकाले साना सवारी साधनमात्रै चल्छन । ठूला सवारी साधन बस जम्मा दुइवटा पुगेको रेकर्ड छ । तर नियमित चल्नेभने होइनन ।
काफ्ले पाटीदेखि मन्दिरसम्म पैदल हिड्नुपर्छ । यस्को दुरी ४.५ किलोमिटर रहेको छ । यहादेखि मानवीय वस्ती भएको माथिल्लो फेदीसम्मको दुरी २ किलोमिटर छ । फेदीदेखि मन्दीर २.५ किलोमिटर ।
सदरमुकामदेखि सुकेटार हु“दै माथिल्लो फेदीसम्म होटल, लजको राम्रो व्यवस्था छ । सुकेटारको छेउमा रहेको गुरुङ बस्तिमा होमस्टे रहेको छ । यो गुरुङ समुदायले सञ्चालन गरेका हुन । यहा ४० जनासम्म अटाउने क्षमता रहेको छ ।
अधिकांश तीर्थयात्री पाथीभरा जा“दाको रात माथिल्लो फेदीमा बस्न रुचाउ“छन । किनकी यहावसेपछि बिहान मन्दिर उक्लनकालागि सहज हुन्छ । शरीर हावापानी अनुकुलित हुने भएकाले सहज हुने तीर्थयात्रीको अनुभूति छ । यहां अस्थायी प्रहरी चौकी रहेको छ । यहांका प्रहरीले तीर्थयात्रीलाइ सुरक्षा प्रदान गर्नुकासाथै मन्दिरसम्म पुग्ने भींड नियन्त्रणमा सहजीकरण गर्ने जस्ता काम गर्ने गरेका छन । यहां प्राथमिक उपचार केन्द्रपनि रहेको छ । त्यहा“ एकजना अहेव कार्यरत छन । उनले कसैलाइ साहे गाहेपरे औषधि उपचार गछर्न । नियमित यहीं बसेर सेवा प्रवाह गछर्न । बीचबाटोमा कोही बिरामीपरे त्यहा“सम्म पुगेरपनि उपचार सेवा प्रवाह गर्दै आएका छन । चिसोमा बिरामी हुनेलाइ हट ब्यागकोपनि ब्यवस्था रहेको छ यहा“ । यस्को प्रयोग गरेवापत एक रातको एक सय रुपैंया बुझाउनु पर्ने हुन्छ । विशेष गरी बिरामिकालागि यो सुविधा प्रदान गरिन्छ ।
माथील्लो फेदीदेखि नजिकै कान्छीदेवीको थान छ । पूजा विधि यहींबाट सुरु हुन्छ । यसैको छेउमा देवीका वाहन सिंहको प्रतिक बनाएर राखिएको छ । जस्ले द्वारपालको काम गरेको अनुभूति हुन्छ । यहीं ठाउ“मा तामैतामाको द्वार बनाउन लागिएको छ । एकवर्षमा सम्पन्न गर्ने लक्ष आयोजकको छ । पैदलमार्ग हिड्ने सबै ठाउ“मा ढुङगाको सोलिङ छ । वृद्धवृद्धादेखि बालबालिकासम्मलाइ हिड्न सहज बनाउनका लागि छोटो सिंढि राखेर बनाइएको छ ।
यहां चैते दशैंको सिजनमा सबैभन्दा बढी भींड लाग्छ । यो वर्ष चैत २३ गते सनिवार एकैदिन १२ हजार ९ सय ३३ जनाले पाथीभरा दर्शन गरेको माथिल्लो फेदी अस्थायी प्रहरी चौकीको कार्यालयले जनाएको छ । तीर्थयात्रीको रेकर्ड राख्ने काम गरिन्छ । त्यसपछिको भिड असोज कार्तिकमा हुन्छ । यी दुवै सिजनमा मौसम राम्रो हुने र हिड्नका लागि सहज हुने भएकाले तीर्थयात्री अधिक आउने गरेका हुन । कार्तिक अन्तिमदेखि हिउ“पर्न थाल्ने र चीसो बढ्ने भएकाले तीर्थयात्री कम हुन्छन । फागुनदेखि फेरी सुरु हुन्छ र यो क्रम बैशाख महिनाभरी रहन्छ । जेठ देखि भने केही कमी हुनथाल्छ । पाथीभरा दर्शनकालागि नेपालको तराइ क्षेत्रबाट धेरै भक्तजन आउने गरेका छन । नेपाल वाहिर, भारतको आस्साम, सिक्किम, मनिपुर, पश्चिम बंगाल र भुटानदेखिका तीर्थयात्री आउ“छन ।
पाथीभरामा तिर्थयात्रीले चढाएको रकम वर्षमा एक करोडसम्म जम्मा हुनेगरेको छ । यो भेटीपाती ब्यवस्थापन समितिको खातामा राखिन्छ । यहांको विकास निर्माणमा यो रकम खर्च हुन्छ । सुकेटार देखि काफ्लेपार्टीसम्मको सडक स्तरोन्नति नगरेको भन्दै यात्रुले समितिको आलोचना गर्ने गरेका छन । पाथीभराकै क्षेत्रमा काम गर्ने दुई वटा समिति छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको पाथीभरा क्षेत्र विकास समिति र नागरिक स्तरबाट गठन भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति । यी दुवै समितिबाट मिलाएर भेटिपाती ब्यवस्थापन समिति गठन गरिएको छ । यस्को संयोजक जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन छन । संरक्षण समितिले आफ्नो संस्थाको आजीवन सदस्य बनाउ“छ । क्षेत्र विकास समितिले पाथीभरा दुत बनाउने गरेको छ । पाथीभरा दूत निःशुल्क बन्न पाइन्छ ।
ताप्लेजुङ आउने रुट अहिले चार वटा छन । मेची राजमार्गको बिर्तामोड – चारआली – इलाम – फिदिम – ताप्लेजुङ सडक कालोपत्रे छ । यो नियमित सञ्चालनमा छ । बिर्तामोड बसपार्कबाट ठूला तथा साना सवारी चल्छन । इटहरीबाट धरान – धनकुटा – बसन्तपुर – गुफा – सा“घु – दोभान हु“दै ताप्लेजुङ जोडिन्छ । यो कच्ची सडक हो । तर यो रुटमा नियमित चल्ने सवारी नभएकाले रिजर्भ गाडिमा मात्रै यात्रा गर्न सकिन्छ । तेस्रो, तमोर करिडोरपनि अल्प सञ्चालनमा छ । इटहरीबाट तमोरको किनारै किनार भएर धनकुटाको लेगुवाघाट –तेह्रथुम–पा“चथर हु“दै ताप्लेजुङ सदरमुकाम पुगिन्छ । मध्य पहाडी लोकमार्ग भएरपनि ताप्लेजुङ पुग्न सकिन्छ । पछिल्ला तीनवटा रुटमा भने आफ्नै गाडि हुनेका लागि वा रिजर्भ लिएर हिड्न उपयुक्त हुन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.