पर्यटक तान्नदै पांचथरको लालीखर्कमा होमस्टे

September 20, 2019     Paryatan Yatra

पांचथरको सिलौटी–लोब्रेकुटिको काखमा रहेको लालिखर्क–वतासे क्षेत्रमा सामुदायिक होमस्टे सञ्चालन हुदै आएको छ । गांउमा हाल दशवटा होमस्टे सञ्चालनमा रहेका छन् । स्थानीय लालिखर्क–बतासे सामुदाियक होमस्टे संस्थाका माध्यमबाट सञ्चालीत होमस्टेको प्रवद्र्धन तथा प्रचारमा स्थानीय लागेका हुन् । पर्यटक मैत्री होमस्टे सञ्चालनमा लागि यहां तालिम समेत दिइएको छ ।

नेपालपर्यटन बोर्डको आर्थिक सहयोगमा आदिवासी समाजविकास केन्द्र नेपालले होमस्टे सञ्चालनमा ल्याएको हो । होमस्टेको तालिममा लालिखर्क, बतासे सहित कान्छीदोकान, हिलिहाङको गोपेटर, आगेजुङ, इम्बुङ क्षेत्रका बासिन्दालाई तालिम दिएको हो । पांचथरमा पहिलो पल्ट सञ्चालनमा आएको हो ।

प्रदेश १ होमस्टेको हबका रुपमा विकसीत भइ रहेको छ । यो प्रदेश १ मा ४३ सामुदायिक होमस्टे सञ्चालमा रहेको अनुमान छ । यिनिहरुलाई व्यवस्थीत बनाउन सके यो प्रदेशको पर्यटन विकासमा ठूलो टेवा पुग्ने पक्का पक्की छ ।

सिलौटि लोब्रेकुटिसंग पाथिभरा, तिम्बु पोखरी जाने पर्यटकलाई बसाउने योजना रहेको लालिखर्क–बतासे सामुदायिक होमस्टेका अध्यक्ष टंक राईले बताउंनुभयो । दश घरमा रहेको होमस्टेमा पर्यटकहरु बस्न थालेका छन् । थप घरहरुमा विस्तार गर्दै नमुना होमस्टेको रुपमा अघि बढाउनका लागि पहल भईरहेको उनले बताए । मेची राजमार्गको आसपासमा रहेका यो ठांउहरु रमणिय तथा दृष्याण्वोलकनका लागि पनि आर्कषक छन् । गर्मियाममा पनि सितलहुने, ग्रामिण जनजीन, खेतीप्रणाली तथा आर्कषणक डाँडाहरु भएको फराकिलो क्षेत्र भएकाले पर्यटकले रुचाउने अपेक्षा राखिएको संस्थाका सचिवचन्द्र योङ्या बताउंछन् । परम्परागत सास्कृतिको प्रवद्र्धन, आलु, आर्गनिकचिया, टिम्बुर अचार सहितको खानपानमाजोड दिइएको बताइएको छ । साना चिटिक्क परेका घरमाहोमस्टे सञ्चालनमा ल्याइएको छ । पर्यटकहरुलाई प्याकेज बनाएर पूर्वी पहाड घुमाउने गरीको योजना आवश्यक रहेको बताइएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.