लब्रेकुटी र सिलौटीः धार्मिक र प्राकृतिक सुन्दरताको मेल

June 20, 2025     Paryatan Yatra

पाँचथर जिल्लाको फिदिम नगरपालिका र फाल्गुननन्द गाउँपालिकाको सीमामा अवस्थित लब्रेकुटी र सिलौटी क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । करिब तीन हजार रोपनीमा फैलिएको यो शान्त स्थल किरात धर्मको प्रमुख केन्द्रको रूपमा समेत विकसित हुँदै छ ।
सङ्घीय, प्रदेश र स्थानीय तहले यहाँ सडक, पार्क, भवन, कटेज, भ्यूप्वाइन्ट, गार्डेन, पदमार्ग र पोखरी निर्माण गरी धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा प्रवद्र्धन गरिरहेका छन् । यो क्षेत्र राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको तपोभूमी, कर्मभूमि र समाधि स्थलको रूपमा पनि परिचित छ ।
समुद्र सतहबाट २७०० मिटरको उचाइमा रहेको लब्रेकुटी सिलौटीले हिमशृङ्खला देखिने सुन्दर दृश्य तथा वन्यजन्तु र जडीबुट्टीले पर्यटकलाई आकर्षित गर्दछ । मेची राजमार्ग नजिक भएकाले यहाँ पुग्न पनि सजिलो छ ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.