छोरीलाई अंश ज्वाइलाई बंश

September 20, 2019     Paryatan Yatra

धनकुटामा मात्र वसोबास रहेको अल्पसंख्यक किरांत आठपहरिया जातीको परम्परा अनौठो र रोचक छ । थोरै जनसंख्या रहेको यो जातीमा जनसंख्या बिस्तारकै लागि छोरीलाई अंश तथा ज्वाईंलाई बंश दिने अनौठो प्रचलन छ । धनकुटा जिल्लामा मात्र वसोवास रहेको अल्पसंख्यक आठपहरिया जातिमा छोरालाई सरह छोरी चेलीलाई समेत विवाह पश्चात अंशको रुपमा जग्गादिने प्रचलन रहि आएको छ । किरांत भएपनि आफुहरु राई नभई छुट्टै आठपहरिया जाति भएको दावी गर्ने आठपहरियाहरु विवाह पश्चात छोरीचेलीले दुःख नपाउन र आफै केहि गरिखान सकुन भनेर अशंको रुपमा जग्गादिने गरिएको वताउछन् ।

धनकुटा नगरपालिका क्षेत्र भित्र मात्रबसोवास गर्ने उनीहरुको जग्गा जमिन प्रशस्त छ । तर जनसंख्या कम भएकोले छोरी चेली बाहिर नजाउन् आफ्नै समाजमै रहिरहुन् भन्ने उदेश्यले अशंको रुपमाजग्गा दिने गरिएको तर यो बाध्यकारी नभएको बताउंछन् आठपहरीया अगुवा  अष्टबहादुर । छोरीलाई अशं संगै ज्वाइलाई बंश दिने यो जातिमाअर्को अनौठो परम्परा समेत रहेको छ । यो समुदायका चेलीवेटीले अन्य जातसंग बिवाह गरे फरक थर र जातका ज्वाइलाई समेत जात दिन सकिने आठपहरिया समाज धनकुटाका संरक्षक सदस्य दिनेश आठपहरिया बताउंनु हुन्छ । “ज्वाइ लाई मात्रै होइन आठपहरिया संस्कार अंगाल्न चाहने जो कोहि पनि सास्कारिक विधि पुरागरे पछि आठपहरिया बन्न सक्छन ।”

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.