‘ईष्ट टुरिजम मार्ट’ शुन्दर नगर धरानमा आज भव्य उद्घाटन

September 20, 2019     Paryatan Yatra

प्रदेश १ को पर्यटन प्रर्वधनका लागि पूर्वको रमाणीय सहर धरानमा आज शनिवारवाट ‘ईष्ट टुरिजम मार्ट’ सञ्चालन हुदै छ । मार्टको यो दोश्रो संस्करण हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिवार दिउंसो ४ बजेट धरानको सिद्धि नेवाः परिषदको भवनमा आयोजित विषेश समारोहमा उद्घाटन गर्दै हुनुहुन्छ । मार्ट असोज ४, ५ र ६ चल्ने छ ।

नेपाल भ्रमण वर्ष २०२० को सन्र्दभ तथा प्रदेश नम्बर १ को पर्यटन क्षेत्रलाई राष्ट्रिय तथा

अन्र्तराष्ट्रिय बजारमा पर्यटन प्रर्बधन तथा बजारीकरण गर्नका लागि र्माटको आयोजना गरीएको आयोजकको दावी छ । नेपाल पर्यटन बोर्डको आयोजना, धरान उपमहानगरपालिकाको सह आयोजना, प्रदेश सरकारको सहयोग तथा प्रदेश नम्बर १ का पर्यटन व्यवसायीहरुको सक्रियतामा मार्टको आयोजना गरीएको हो । कार्यक्रममा प्रदेश नम्बर १ का १४ वाटै जिल्लाका पर्यटन व्यवसायीहरुको सहभागिता रहनेछ । मार्टमा रहेका करिब ६० वटा स्टलहरु मध्ये पर्यटन सम्बन्धी ब्यवसायीक स्टल भने ३० वटा रहेका छन् । मार्टमा भारतको नयां दिल्ली, पटना, कोलकत्ता, सिलिगुडी, आसाम, दार्जिलिङ, सिक्कीम तथा जयगाका पर्यटन व्यवसायीहरु सहभागि हुदैछन्, भने तेस्रो मुलुक भुटान र बङगलादेश लगाएतको सभागिता रहने छ । मार्टमा कुल १ सय २० जना विदेशी पर्यटन व्यावसायीहरु आउने भएका छन् ।

उद्घाटन समारोहमा नै मुख्यमन्त्री र सिक्किमका पर्यटन व्यवसायी र पूर्वी नेपालका पर्यटन व्यवसायी विचमा व्यवसायीक पर्यटन साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । उक्त अवसरमा धरानमा विभिन्न जातजातीहरुको संस्कृती झल्कने सांस्कृतिक कार्यक्रमसंगै ‘वेलकम डिनर’ कार्यक्रम समेत राखीएको छ । मार्टको दोस्रो दिन ५ गते विहान धरान आसपासका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । उक्त दिन दिउंसो नेपालका पर्यटन व्यवसायी संग विदेशी पर्यटन व्यबसायीहरुले बैठक गर्ने छन् ।

कार्यक्रमको तेस्रो दिन ६ गते विहान विराटनगरबाट कोशीटप्पुको भिजिट सकेर धरानमा

हुने समापन कार्यक्रममा सहभागीता जनाउन खेलहरु प्याराग्लाइडीङ, ¥याफ्टीङ, साईक्लिङ जस्ता अन्यखेलहरु इच्छुकहरुका लागि सञ्चालन गरीने भएको छ । मार्टको समापन प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले गर्नु हुने छ । समापन समारोह पछि विदेशी पाहुना

पर्यटकहरुलाई ‘फेमट्रिप’ का हलेसी, हिले, टिएमजे क्षेत्र, ईलाम र सप्तरीका विभिन्न क्षेत्रहरुमा भ्रमण गराइने कार्यक्रम रहेको ईष्ट टुरिजम मार्टका अध्यक्ष भविषकुमार श्रेष्ठ बताउनु भयो । मार्टमा पूर्वका प्रमुख गन्तव्यहरु सगरमाथा बेस क्याम्प, हलेसी महादेव, बराह क्षेत्र, संकटा, छिन्नमस्ता, जनकपुर, कोशी टप्पु वन्यजन्तु आरक्षण, प्राचिन हरिद्वार बराहक्षेत्र, ऐतिहासिक विजयपुर, गुफापोखरी, तीनजुरे मिल्के जलजले, इलाम, पाथिभरा लगायतका क्षेत्रलाई प्रचार गरिने छ । उक्त अवसरमा फोटो, डकुमेन्ट्री प्रस्तुत गर्नेछ भने, तत्काल स्थलमा जान चाहने पर्यटकहरुलाई भ्रमणको पनि व्यवस्था गरिने छ । मार्टमा साहसिक खेलहरुका लागि सहुलियत दरमा मार्ट स्थलबाटै सेवा प्रदान गरिने छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.