फाल्गुनन्दको १३५ औं जयन्ती

November 12, 2019     Paryatan Yatra

राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३५ औं जयन्तीका अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । किरात धर्मावलम्बीको महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा आयोजित मोरङ्गको टाडी र पाँचथरको कुरुम्बाको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङबो सहभागि हुनु भएको थियो।

हामीले यी तस्विर आर्थिक मन्त्री आङबोको फेस बुक पेजवाट लिएका हौं । फाल्गुनन्दको किरात धर्म र संस्कृतिमा महत्त्वपूर्ण योगदान छ ।

पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी फाल्गुनन्दको जन्मजयन्ती मनाएको छ । राष्ट्रिय विभूति फाल्गुनन्दका कारण यो क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण बन्दै गएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.