पर्यटकको पर्खाइमा तिम्बु पोखरी

November 14, 2019     Paryatan Yatra

पाँचथर र ताप्लेजुङको सिमानामा समुद्र सतहदेखि ४ हजार ४ सय ८० मीटर उचाईमा रहेको तिम्बु पाखेरी र आसपासका हिमाली क्षेत्रको आर्कषक दृष्या अवलोकन गर्नका लागि तिम्बु पोखरी जान सकिन्छ ।

विभिन्न किसिमका फूलहरु फूल्ने प्राकृतिक फूलबारीको रुपमा यो क्षेत्र रहेको छ । यतिवेला केन्जो, माईकोपिल, बुक्कीफूल, जट्टामासि लगायतका फूलले यो क्षेत्र ढाकिएको छ ।

हामीले यी तस्विर पाँचथरका दिपक दुलालको फेसबुक पेजवाट लिएका हौं । पोखरीको पानीमा हुने फोहोर धोवी चराले टिप्ने गर्दा सफा देखिन्छ ।

चढाइएका पैसापनि टलक्क टल्किन्छ । कतिले गाईड लिएर तिम्बु पोखरी जान्छन् । लेकाली बाटो भएकाले हिड्नलाई केहि सकस पर्ने गर्छ । पाँचथर सदरमुकाम फिदिमदेखि एकदिन गाडीको यात्रापछि एक दिन एक विहान पदयात्रा गरी तिम्बु पोखरी पुग्न सकिन्छ । फराकिला चौर, आर्कषक डाँडाहरु, हिमाली दृष्य, लेकाली भुवनोट, गोठहरु, जैविक विविधता यहाँको विशेषता हो । तिम्बु पोखरी जाने विभिन्न बाटोहरु छन् ।

पाँचथर सदरमुकाम देखि मध्यपहाडी लोकमार्ग हुदै वेतनीसम्म जिपमा पुगिन्छ । खानबस्नकालागि चौरी गोठहरु रहेका छन् । चौरीको दुधबाट बनेका घ्यू, छुर्पि कोशेली लैजान सकिन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.