Related Routes
प्रदेश १ घुम्न दुईमहिनाको नयां ट्रेकिङ रुट

प्रदेश १ काविभिन्नपर्यटकीय स्थलहरुलाई जोडेर नयां ट्रेकिङ रुट अघि सारिएको छ । निकै लामो यो रुटजोडिएका स्थानहरुको यात्रागर्ने हो भने प्रदेश १ लाई पूरै परिक्रममा नै हुने छ । विराटनगरलाइै केन्द्रबिन्दु बनाएर शुरू हुने ट्रेकिङमापहिलो दिनउदयपुरमापुगेर बास बस्नुपर्ने हुन्छ ।

विराटनगरबाट कोसी ब्यारेजको मनोरम दृष्यअवलोकनगर्दे प्रदेश २ मा पर्ने सप्तरीको छिन्नमस्ता मन्दिर दर्शनको दर्शन गरी रातिबास बस्नउदयपुरको कटारी पुगिन्छ । यससम्मको यात्रा सवारीका साधनमाहुने छ ।

कटारीबाट दोस्रो दिनको यात्राखोटाङको हलेसीतर्फ अघि वढ्छ । बेलुकाहलेसीमा नै बास हुन्छ । बस्नका लागित्यहां सुविधा सम्पन्नहोटलहरु छन् ।भोलिपल्ट बिहानै महादेवको दर्शनपछि यात्रा अघि बढ्छ । तेस्रो दिनहलेसीबाट गाईघाट हुंदै धरानमाआईपुगेर बास बस्नुपर्ने हुन्छ । यहांसम्मपनियात्रामा गाडीकै सहारा लिनुपर्छ । धरानको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, चतरा, रामधुनी, बराहक्षेत्रसम्मदशर्शन सकेपछि त्रिवेणी पुगेर बास बस्न सकिन्छ ।

पांचौं दिनत्रिवेणीबाट खोर्सानेयर हुंदै पैदल सुनबलुवापुगेर बास बस्नु पर्छ । छैटौं दिन सुनबलुवाबाट  धनकुटाको मुगा, पाख्रिवास हुंदै गाडीमा हिलेबजार पुगेर बस्नु पर्छ ।सातौं दिनको यात्राहिलेबाट छिन्ताङदेवीमन्दिरतर्फ लम्कन्छ । छिन्ताङदेविको दर्शनपछि फेरिहिले बजार हुदै तेह्रथुमको रमणीय बसन्तपुरमापुगेर बास बस्नु पर्छ ।

आठौंदिनबसन्तपुरबाट गाडीमाउकालोतर्फ लम्कन्छ । गुरांसको राजधानीमिल्ने तिनजुरेसंग लुकामारी खेल्दै यात्रामंगलबारेतर्फ अघि बढ्छ । त्योदिन संखुवासभाजिल्लामा पर्नेगुफापोखरीमा पुरेर बास बस्नुपर्छ । यो क्षेत्रको अति रमणीयस्थल गुफापोखरीको बास जीजवनकै पहिलो र रमाइलो बन्नेमादुई मतहुन सक्दैन् । भोलिपल्टअर्थात नवौं दिन त्यहांबाट पैदल जडिबुटी पुगेर बास बस्न सकिन्छ ।१०औंदिनजलजलेसम्मपुगेर बास बस्ने, ११औं दिन सभापोखरी, त्यसको भोलिपल्ट डांडा र १३औं दिनमासीमा पैदलै पुगेर बास बस्नु पर्छ ।

यात्राको १९औं दिनमा पैदलै मकालु हिमालको बेस क्याम्प पुगिन्छ। ३३औं दिनताप्लेजुङको पाथिभारा मन्दिर पुग्ने, नेपालकै दुर्गम स्थानओलाङचुङगोला ३५औं दिनमापुगेर एक रातत्यहांपनिबासबस्ने, ४२औं दिन कञ्चनजंघा बेस क्याम्प चढेर काबेलीको मुहानमाआएर बास बस्ने, ५३औं दिन सन्दकपुर, ५५औं दिनइलामबास बसेर कन्याम, चारआली, जामुनखाडी, अर्जुनधारा, सतासीधामहुदै सिसौलीफार्ममापुगेर बास बस्ने त्यसको अर्कोदिनगुर्दुमडाँडा हुंदै जेफाले पुगेर राती राजारानीमाबास, ५९औं दिन राजारानीबाट नाम्जे हुंदै भेडेटार–मुलघाट हुंदै धनकुटामा बास र अन्तिमदिन धनकुटा, इटहरी हुंदै विराटराजाको दरबार हेर्दै ६० दिने ट्रेकिङ गर्न सक्ने गरी नया“ रुट अघि सारिएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.